काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरमा गुठीको जग्गा अतिक्रमणमा परेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनकपुरको जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।
‘जनपुरका सबै गुठीको जग्गा स्थानीय प्रशासन, पत्रकार, त्यहाँका मतियार र ठेकेदार सबै मिलेर लुट गर्दैछन् । त्यसमा सबै सरोकार र साझेदारहरूको ध्यानाकर्षण र जिम्मेवारीपूर्ण कदमको लागि अनुरोध गर्दछु,’ उनले भने । यसअघि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पनि यो विषयमा आफूहरू अनुसन्धानमा रहेको बताएका थिए ।
जेठ ३२ गते गृह मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिएका थिए ।
उनले भनेका थिए, ‘बृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषय आएको छ । तपाईँहरूले चाँडै थाहा पाउनुहुन्छ । आजै यसलाई सार्वजनिक गरिदिँदा पनि केही फरक पर्दैन । ९ हजार बिघा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृहले बिग अपरेसन गर्दैछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा युवती र बालिका जलिरहेको अवस्थामा मृत फेला