काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले टीआरसी विधेयकलाई सत्ताको दाउपेज बनाउन नहुने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै टीआरसी विधेयकलाई छिटोभन्दा छिटो हाउसमा लगेर टुंग्याएर सशत्र द्वन्द्वसँग जोडिएका सबै विषयलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
उनले भने, ‘हामीले सत्यको अन्बेषणबाट दोषीलाई कानूनी दायरामा ल्याउने । पीडितलाई न्यायको प्रत्याभूमि गराउनुपर्छ । हिजोको द्वन्द्वलाई देखाएर नयाँ द्वन्द्व नहुने कुराको सुनिश्चिता गराउने पथमा जानुपर्छ । अब हामीलार्ई कमजोरी गर्ने छुट छैन । समीतिमा रहेको टीआरसी विधेयकलाई अगाडि बढाउने सबै राजनीतिक पार्टीहरुले जिम्मेवारी बोधका साथ । सत्ताको विषय टीआरसी विधेयकलाई बनाउन होइन ।’
टीआरसी विधेयकमा प्रधानमन्त्रीले पनि पहल गरिरहेको बताउँदै समितिमा पनि आफूहरुले सहमतिको लागि अन्तिम चरणमा पुर्याइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८१, १६ : २७
लेखकबाट थप