गठबन्धनमा कुनै समस्या छैन, यो समिकरण राम्रैसंग अगाडी जान्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, ११ : ०६
गठबन्धनमा कुनै समस्या छैन, यो समिकरण राम्रैसंग अगाडी जान्छ : प्रधानमन्त्री प्रचण्ड

File pic

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्र र जनताको अपेक्षा अनुरुप काममा अभ गति दिन आवश्यक रहेको औंल्याएका छन् ।

भरतपुर विमानस्थलमा आज संचारकर्मीसंग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले सो कुरा बताएका हुन् । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा पनि थुप्रै पहलहरु अगाडी आएको र संतोषजनक रहेको बताए ।

संचारकर्मीको जिज्ञासामा उनले बाहिर मिडियामा आएजस्तो  गठबन्धनमा कुनै समस्या नभएको र यो समिकरण रामै्रुसंग अगाडी बढने बताए । आईजिपी परिवर्तन गर्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले अस्तीको दिन मात्रै तिनवटै आईजिपीलाई बोलाएर केही परिवर्तने हुँदैन, तपाईहरु ढुक्कसंग काम गर्नुस, भनेको बताए । 

प्रतिक्रिया दिनुहोस