कोशीको बजेट आज

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, ११ : २९
कोशीको बजेट आज

विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि आज बजेट ल्याउँदैछ । बजेट ३५ अर्ब हाराहारीको ल्याउने तयारी भइरहेको छ ।संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउन लागिएको हो ।

 

बजेट सार्वजनिक गर्नका लागि आज दिउँसो प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेश सभा बैठक दिउँसो ३ बजे बस्दै छ ।चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस