काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बंगलादेशले दोस्रो जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए ।
बंगलादेशका रिसाद हुसैनले तीन विकेट लिए । तक्षिन अहमेदले दुई विकेट लिँदा मुस्ताफिजुर रहमान, तान्जिन हसन सान्टो र महमुदुल्लाहले समान एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो । साकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । तान्जिन हसनले ३५ रन थप्दा महमदुल्लाहले २५ र जाकेर अलीले १४ रन थपे ।
नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए । जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेशले सुपर–८ को सम्भावना बलियो बनाएको छ । बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ ।
सोही समूहमा नेपालको २ खेलमा १ अंक रहेको छ । बंगलादेशको जितपछि श्रीलंका एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ । दक्षिण अफ्रिका ३ खेलमा ६ अंकसहित सुपर ८ मा प्रवेश गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८१, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल युएईसँग पराजित
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए
अमेरिकामा आयोजित टी-२० विश्वकपमा आइसीसीलाई ठुलो घाटा, छानबिन समिति बनायो
टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै
भारत टी-२० विश्वकपको फाइनलमा