काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले माओवादीकै चुनाव चिह्न लिएर निर्वाचित गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
त्यसका लागि नेपाल समाजवादी पार्टीका नेता देवकोटाले माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गरेकाले कारबाही गर्न स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रका प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले सांसद देवकोटालाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी प्रदेश संसदीय दलले
स्पष्टीकरण सोधेको जानकारी दिए ।
“माओवादीले उहाँ (फणीन्द्र देवकोटा) लाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ । प्रदेश सभाबाट स्पष्टीकरण सोधेको छ । जवाफ आएपछि अगाडि बढेर कारबाही हुन्छ,” उनले भने । गोरखपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३१ जेठ २०८१, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
माओवादीले फेरि किन स्थगित गर्यो हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान ?
२५ करोड बरामद भएको घटनामा छानबिन समिति बनाउन माओवादीको माग
बाराबाट पुन: सुरु हुँदै माओवादीको तराई-मधेस जागरण अभियान
माओवादीको अभियान स्थगित, बिहीबारबाट सुरु हुने