सेयर बजारमा लगातार वृद्धि

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १६ : २९
सेयर बजारमा लगातार वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन एकल अंकको सामान्य गिरावट भएको बजार परिसूचक नेप्से त्यसयताको ३ कारोबार दिनमा भने वृद्धि भएको हो ।

मंगलबार ३३.१५ अंकले बढेको नेप्से बुधबार ६.३७ अंक (०.३०) प्रतिशतले वृद्धि भएर २१२१.६२ को बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ४९ करोड बराबर कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघ्दा बुधबार करिब ६ अर्बको कारोबार भएको छ ।

बुधबार ७४ हजार ८ सय ५४ वटा कारोबारमा १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ८९ करोड ४१ लाखको कारोबार भएको छ । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २७ करोड ६४ लाखको कारोबार भएको छ ।

त्यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य २४ करोड ४८ लाख, ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको १९ करोड ९५ लाख, माउन्टेन इनर्जीको १४ करोड ३१ लाख र सोनापुर मिनिरल्स एन्ड आयल कम्पनीको १४ करोड ३ लाखको कारोबार भएको छ ।

बुधबार बजारमा फाइनान्स कम्पनीसँगै बैंकिङ र लघुवित्तले उपसूचकले साथ दिएको छ । हाड्रोपावर, निर्जीवन बीमा, व्यापार र होटल तथा पर्यटन उपसूचकमा भने करेन्सन देखिएको छ । हाइड्रोपावर उपसूचक लगातार ४ कारोबार दिन बढेर बुधबार करेक्सन देखिएको हो । ‘ट्रेडर’ हाबी भई लकइन नखुलेको कम सेयर सप्लाई भएको हाइड्रोपावर कम्पनीको सेयमूल्य कर्नरिङ गरेर बढाइरहेकोमा बुधबार भने हाइड्रोपावर उपसूचकमा करेक्सन देखिएको हो ।

यस्तै लघुवित्तमा पनि कम चुक्ता पूँजी भएर सेयर सप्लाई कम भएको कम्पनीको सेयर मूल्यमा ‘ट्रेडर’ हाबी भएको देखिन्छ ।वित्त कम्पनी उपसूचक सर्वाधिक १.०७ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.८३ प्रतिशत र लघुवित्त उपसूचक ०.८८ प्रतिशतले बढेको छ ।

हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६१ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.४८ प्रतिशत, व्यापार उपसूचक ०.३६ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.१८ प्रतिशतले गिरावट भएको हो ।

बुधबार बजारमा कुल २४७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११९ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

बुधबार कारोबार भएका कम्पनीमा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशत तथा साधना लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै गणपति लघुवित्तको सेयरमूल्य ८.६४ प्रतिशतले बढेको छ ।

सयपत्री हाइड्रोपावरको सेयरमूल्य ४.४८ प्रतिशतले वृद्धि गिरावट हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ४.४६ प्रतिशत, तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ४.३८ प्रतिशत, पोखर फाइनान्सको सेयरमूल्य ४.१९ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ३.९६ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस