काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको बताए ।
उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए । उनले तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ प्रदेश बनेको बताए । अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए ।
‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरूलाई लिएर धेरै जिज्ञासाहरू छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ’, उनले भने, ‘त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरूलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरू कता जाने भन्दा प्रदेशमा ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
एकैदिनमा देश बन्दैन, राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन् : उपप्रधानमन्त्री सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह