विराटनगर । मोरङको सुन्दरहरैंचा-६ मा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ ।
बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक केरा बगानभित्र भाले छावा मृत फेला परेको हो ।
अन्दाजी ५-६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख अमृतविलाश पन्तले बताए ।
छावाको सुँडको छेउमा सामान्य चोट देखिएको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षको टोली अनुसन्धानका लागि घटनास्थल तर्फ जाँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु
कञ्चनपुरमा हात्ती मृत फेला
निजी हात्ती : पहिले रहर अहिले कहर, व्यवसायी मारमा
जंगली हात्ती गाउँमा पसेपछि स्थानीयमा त्रास
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु