मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, १३ : २९
मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन् ।

 

 

प्रतिक्रिया दिनुहोस