एजेन्सी । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा इङल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि कप्तान जोस बटलरले सर्बाधिक ४२ रन बनाए भने फिल साल्टले ३७, मोइन अलीले २५ र ह्यारी ब्रूकले २० रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र पाट कमिन्सले २(२ विकेट लिएका थिए भने जोस हजेलवूड र मार्कस स्टोइनिसले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै २०१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान मिचेल मार्शले ३५, ट्राभिस हेडले ३४, मार्कस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८ रन बनाएका थिए ।
यो जितपछि अस्ट्रेलियाले लगातार दोस्रो जित हासिल गर्दै समुह बि मा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै इङल्याण्डको भने २ खेलमा एक अंक रहेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल जुन १२ मा नामिबियासँग खेल्ने तालिका रहेको छ भने इङल्याण्डले जुन १४ मा ओमानविरुद्ध खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ जेठ २०८१, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए
अमेरिकामा आयोजित टी-२० विश्वकपमा आइसीसीलाई ठुलो घाटा, छानबिन समिति बनायो
टी-२० विश्वकप जितेको भारतीय टिमलाई १२५ करोड पुरस्कार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै
भारत टी-२० विश्वकपको फाइनलमा
वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हरायो