दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालन​मा

सफल खबर संवाददाता

शुक्रबार, २५ जेठ २०८१, १२ : १८
दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालन​मा

काठमाडौं। ​एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ महर्षि चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका–३, दमौलीमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

‘आज, भोलि, सधैं सँगै’ तथा ‘हामी तपाईँकै लागि’ अनुरूप स्थापना गरिएको नयाँ सेन्टरबाट ग्राहकहरूले सबै किसिमका सेवा लिन सक्नेछन् ।एनसेलका चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रमका बीच सेन्टरको उद्‌घाटन गरेका हुन् ।​​​

एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङ्गको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत नयाँ सेन्टरबाट लिन सकिनेछ ।

यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बीज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

सेन्टर उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले गुणस्तरीय सेवा प्रदान गर्न व्यस्त बजार क्षेत्रमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको बताए ।

'ग्राहक सेवाका लागि स्थानीय स्तरमा नै उपस्थिति जनाई हाम्रा ग्राहकहरूलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्‍याउँदै डिजिटल बन्न प्रेरित गर्नु हाम्रो उद्देश्य हो,' उनले भने ।​

 

नयाँ सेन्टर आइतबारदेखि शुक्रबारसम्म हप्ताको ६ दिन खुला रहनेछ ।यसअघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस