प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेश प्रस्थान

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १३ : ५८
प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेश प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका छन् । बंगलादेशका प्रधानन्यायाधीश अब्दुल हसानको निमन्त्रणमा श्रेष्ठ बिहीबार ढाका प्रस्थान गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले ढाकामा हुने न्याय क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रधानन्यायाधीशको भ्रमण दलमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडल सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस