तत्काल किसानलाई मल उपलब्ध गराउन माग

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १२ : ३५
तत्काल किसानलाई मल उपलब्ध गराउन माग

काठमाडौं । नेकपा (एमाले) की प्रभावशाली नेतृ तथा सांसद जुलीकुमारी महतोले खेतीको सिजन हुँदापनि किसानले समयमै मल तथा खाद्य नपाएको गुनासो पोखेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले किसानलाई समयमै मल उपलब्ध गराउन सरकारसमक्ष माग गरेकी छिन् ।

उनले भनिन्–‘हाम्रो देश कृषिप्रधान देश हो, उत्पादन बढाउने कुरा गरेका छौं । रोजगारी बढाउनेपनि कुरा गरेका छौं । देशलाई कृषिमा आत्मनिर्भर बनाउने कुरा गर्छौं । धान रोपाईंको समय सुरु हुनलाग्दा किसानले भने मल नपाएको गुनासो पोखिरहेका छन् । रोपाईंको लागि पनि आकाशको भरमा बस्नुपरेको छ । किसान मलको खोजिरहेका छन् । सरकारले पनि पर्याप्त मल छ भनिरहेको छ । तर, समयमा वितरण गर्न सकेको छैन् । संघीय र स्थानीय सरकारबीच यो विषयमा समन्वय भएको छैन् । समयमा नै किसानलाई मल उपलब्ध गराउनको लागि म सम्बन्धित मन्त्रालयको ध्यानाकार्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस