टी-२० विश्वकप : युगाण्डाको पहिलो जित

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १० : ३०
टी-२० विश्वकप : युगाण्डाको पहिलो जित

काठमाडौँ । युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।

विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा युगाण्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।

पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछाएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो ।

समुह सी मा रहेको युगाण्डाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितसँगै युगाण्डाले २ महत्वपूर्ण अंक हासिल गरेको छ ।

त्यस्तै पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब युगाण्डाले अर्को खेल जुन ९ मा वेस्ट इन्डिजसँग खेल्ने छ । त्यस्तै पिएनजीले अर्को खेल जुन १४ मा अफगानिस्तानसँग खेल्ने छ ।