काठमाडौँ महानगपालिकाका ४७३ विद्यालयले बुझाए छात्रवृत्ति विवरण

नबुझाउनेलाई कडा कारबाही

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, ०८ : १८
काठमाडौँ महानगपालिकाका ४७३ विद्यालयले बुझाए छात्रवृत्ति विवरण

काठमाडौँ  । काठमाडौँ महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार  महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रोतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ। 

सोही व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गर्दा बुधबारसम्ममा ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ । 

यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखीकरण गरिने र त्यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न तथा गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकहरूलाई महानगरले सूचित गर्ने सूचनामा उल्लेख छ । 

साथै रीतपूर्वक छात्रवृत्ति विवरण उपलब्ध नगराउने बिद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने पनि महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस