दराजले घोषणा गर्‍यो ‘६.६ मिड–इयर सेल’ : ७० प्रतिशतसम्मको आकर्षक छुट

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १६ : ४८
दराजले घोषणा गर्‍यो ‘६.६ मिड–इयर सेल’ : ७० प्रतिशतसम्मको आकर्षक छुट

काठमाडौं। देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतीक्षारत मिड–इयर सेल  ६.६ को घोषणा गरेको छ ।योजनाअन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचर लगायत अफरहरू प्राप्त गर्न सक्नेछन् ।

 

दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ ३०, २०८१)सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।दराज ६.६ मिड–इयर सेल को प्रमुख आकर्षणका रूपमा, विभिन्न विक्रेता मार्फत खरिदकर्ताले अफर दिइएका सामग्रीहरूको खरिदका लागि न्यूनतम रु.४९९ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्  ।

 

 

कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको 'फ्री डेलिभरी' ब्यानरमा क्लिक गरी भाउचरहरू संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ ।साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सीमाबिना पनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।

​उपभोक्ताहरूको शपिङ अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ । कार्यक्रम अन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ विक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मूल्यमा खरिद गर्न सक्ने बाचा गरिएको छ ।

६.६ मिड–इयर सेलको अवधिभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्लाटफर्ममार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दावी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् । 

६.६ मिड–इयर सेल वृहत् छुट र बचतका बारेमा मात्र नभई, यसको उद्देश्य उपभोक्तालाई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि रहेको कम्पनीको भनाइ छ ।

स्वास्थ्य र सौन्दर्य, फेसन, अडियो र वेयरेवल्स, फर्निचर, घरको सजावट सामग्री लगायत अन्य थुप्रै उत्पादनमा पनि छुट्याउनै नहुने अफरहरू उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस