पाँचौँपटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, ०८ : ३७
पाँचौँपटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। 

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि यादवले आज पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हाे। 

डेढ वर्षअघि मुख्यमन्त्री बनेका यादवले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन्। आज उनले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। ​मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि बुधबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। 

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सहयात्री दलले यादवको साथ छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो। तर, जसपाका अध्यक्ष उपेन्द्र यादव निकट मानिने मुख्यमन्त्री यादवले आज विश्वासको मत पाउने सम्भावना निकै कमजोर देखिएको छ। 

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाछ। 

प्रतिक्रिया दिनुहोस