हिमाचलबाट अभिनेत्री कंगनाले जितिन् चुनाव

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १५ : १८
हिमाचलबाट अभिनेत्री कंगनाले जितिन् चुनाव

नयाँ दिल्ली । भारतको हिमाचल प्रदेशको मन्डीबाट बलिउड अभिनेत्री कंगना रनौतले  लोकसभा चुनाव जितेकी छिन् । उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएको भन्दै न्युज १८ ले समाचार छापेको छ ।

कंगनाले विक्रमादित्यलाई कति मत अन्तरले हराइन् भनेर समाचारमा भनिएको छैन । कंगना विक्रमादित्यभन्दा झन्डै ७० हजार मतान्तरले अगाडि थिइन् ।कंगनाले भारतीय जनता पार्टी (बीजेपी)बाट चुनावी मैदानमा उत्रिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस