गुल्मीमा जीप दुर्घटना, एकजनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, ११ : ३४
गुल्मीमा जीप दुर्घटना, एकजनाको मृत्यु

रुपन्देही । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पूर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाटको ओकेङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पूर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका ४ पूर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको पूर्तिघाट प्रहरीले जानकारी दिएको छ । जिपमा चालकसहित ७ जना सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस