छलफल गरेर बजेट ल्याएको भए अझ राम्रो हुन्थ्यो : केपी ओली

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, १९ : २२
छलफल गरेर बजेट ल्याएको भए अझ राम्रो हुन्थ्यो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

उनले असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिएका थिए। उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो।’

संसदमा आइतबारबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस