सेयर बजारमा १३ अंकको सुधार, ४ अर्ब ३१ करोडको कारोबार

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, १५ : ३३
सेयर बजारमा १३ अंकको सुधार, ४ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स  ०.३९ प्रतिशतले बढ‍ेर ३७१.६५ विन्दुमा कायम भएको छ।

३२५ स्क्रिप्सको  ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रुपैयाँमा खरिदबिक्री भए। यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

मल्टीप्रपोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। कालिञ्चोक दर्शन,अपर सोलु हाइड्रो इलेक्ट्रिक र माइ खोला हाइड्रोपावरको सेयर ८ प्रतिशत बढिले वृद्धि भयो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा  रह्यो। सो कम्पनीको सेयर  २२ करोड ६४ लाख रुपैयाँमा किनबेच भयो। नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ९.१३ प्रतिशतले घट्यो।

१० वटा समूहको उपसूचक बढ्दा ३ वटाको सूचक नकारात्मक देखिएका छन्। इन्भेस्टमेन्ट ,मनु एण्ड प्रो र म्युचुअल फण्डको सूचक नकारात्मक देखिए। कारोबारमा आएका १७४ स्टकमध्ये ६१ वटाको घट्यो । १२ वटा स्टकको मूल्य भने आज स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस