मुसेखोलानजिकै पहिरो, दमौली–डुम्रे सडक अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, १० : ५०
मुसेखोलानजिकै पहिरो, दमौली–डुम्रे सडक अवरुद्ध

काठमाडौं। दमौली–पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलानजिकै पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो ।पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस