उत्तर कोरियाले दक्षिण कोरियामा फेरि खसाल्यो बेलुन

एजेन्सी

आइतबार, २० जेठ २०८१, ०८ : २०
उत्तर कोरियाले दक्षिण कोरियामा फेरि खसाल्यो बेलुन

एजेन्सी । उत्तर कोरियाले फेरि दक्षिण कोरियामा फोहोरले भरिएका बेलुन खसालेको छ।

दक्षिण कोरियाको दक्षिणी सीमामा फोहोरले भरिएका बेलुन खसालिएको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ।

बीबीसीका अनुसार बिहीबार पनि उत्तर कोरियाले फोहोरले भरिएका २०० भन्दा बढी बेलुन दक्षिण कोरियाको सीमामा खसालेको थियो। 

दक्षिण कोरियाका रक्षामन्त्रीले यसलाई ‘निम्न दर्जाको व्यवहार’ भनेका छन्।

यस्तै दक्षिण कोरियाली सेनाले यी बेलुनमा भेटिएका वस्तुहरूको अनुसन्धान गरिरहेको बताएको छ। तर, उत्तर कोरियाले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

दक्षिण कोरियाली सेनाले सर्वसाधारणलाई बेलुन र त्यसमा भएका सामग्री छुन निषेध गरेको छ र स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस