दक्षिण कोरियासँगको सीमामा पर्खाल लगाउँदै उत्तर कोरिया

एजेन्सी

शुक्रबार, ०७ असार २०८१, ११ : ५३
दक्षिण कोरियासँगको सीमामा पर्खाल लगाउँदै उत्तर कोरिया

काठमाडौँ । उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएको सीमानामा धमाधम पर्खाल लगाउन सुरु गरेको छ । बेलायती प्रशारक बीबीसीका अनुसार उत्तर कोरियाले दुई कोरियाको तनाव बढेको बेला पर्खाल लगाएको उल्लेख गरेको छ ।

बीबीसीले विभिन्न स्याटेलाइट तस्बिरहरुको नापजाँच गरेर पर्खाल लगाएको देखिएको बताएको छ । बीबीसीले कुरा गरेको सैन्य विज्ञ श्रेयास रेडीले उत्तर कोरियाले सीमानामा सैन्यकरण गर्न यस्तो गरेको उल्लेख गरेका छन् ।

सन १९९० को दशकमा पनि उत्तर कोरियाले पर्खाल लगाएको थियो । सैन्य ट्यांक आउने बाटो बन्द गर्नेगरि त्यस्ता पर्खाल लगाइएका थिए । तर, अहिले बनाइएको पर्खालहरु भने २ देखि ३ मिटरका मात्रै भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस