चाडर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न ? हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन् ।
विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण पिलर प्रमुख एवं प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौं उपत्यकामा अन्य समयको भन्दा चाडपर्वका बेला बढी यस्ता अपराध हुने गरेको बताउँछन् ।
महाशाखाले दिएको एक तथ्यांक अनुसार यही साउनको १ देखि बुधबारसम्म काठमाडौंमा ४६ वटा चोरी डकैतीका घटना भएका छन् ।
ती मध्ये २३ घटनाको सफल अनुसन्धान गरिएको र ४१ अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ। त्यस्तै अपराधमा संलग्न १४ फरार रहेका आजकोगोरखपत्र दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ११ असोज २०७५, ०८ : १२
लेखकबाट थप