धादिङ । बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलार्ई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो ।
आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलार्ई पक्राउ गरेको हो ।
पछिल्लोपटक माइलो जेठाजुले यही असोज ५ गते तथा जेठो जेठाजुले गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ ।
आफुलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ । अन्याय सहन नसकेर अन्नतः आफु न्यायका लागि गुहार्न आएको उनले बताएकी छिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ११ असोज २०७५, ०८ : ०७
लेखकबाट थप