रौटहट । प्रहरीले इशनाथबाट ३४ क्विन्टल धानसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले इशनाथ नगरपालिका ४ बाट ३४ क्विन्टल धानसहित उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहटको राजपुर ननगरपालिका ६ का ४२ वर्षीय अमर साह रहेका जिल्ला प्रहरी कार्यालय रौटहटले जनाएको छ।
उनले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको डेढ लाख रुपैयाँ मूल्य बराबरको धान सडक छेउमा जम्मा गरी राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
पक्राउपछि अमर साहलाई आवश्यक कारवाहीको लागि धानसहित प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाममा धान उत्पादन घट्यो
बागमती प्रदेशमा धान उत्पादन घट्यो
शिवसताक्षीका ४ वटा वडा नुनिया धानको पकेट क्षेत्र घोषित
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च