ढल्केबरमा सञ्चालनमा आयो मालपोत र नापी कार्यालय

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, ०८ : १९
ढल्केबरमा सञ्चालनमा आयो मालपोत र नापी कार्यालय

धनुषा । धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आएको छ। 

दुवै कार्यालयको शुक्रबार राष्ट्रियसभाका सदस्य आनन्दप्रसाद ढुंगाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

दुवै कार्यालयमा जग्गासम्बन्धी कामकाज शुक्रबारदेखि नै सुरु भएको छ। 

राष्ट्रियसभा सदस्य ढुंगानाले संघीयताको भावनाअनुसार जनतालाई आफ्नै ठाउँबाट सहज रुपमा सेवा दिने उद्देश्यले ढल्केबर मालपोत र नापी कार्यालयको स्थापना भएको बताएका छन्।

कार्यालय सञ्चालनमा आउँदा धनुषाको उत्तरपूर्वका नागरिकलाई जग्गासम्बन्धी काम गराउन सुविधा पुग्ने छ। जनताको कामसँग प्रत्यक्ष जोडिएको यस कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै उनले चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस