सत्तासमीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, १८ जेठ २०८१, १४ : २५
सत्तासमीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सत्तासमीकरणमा कुनै समस्या नरहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा आफ्ना सांसदहरूले राखेको जिज्ञासाको जवाफमा प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्तासमीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

उनले सत्तासमीकरणमा सल्लाह भएर नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बुढानिलकण्ठ गएको भन्दै यसलाई स्वभाविक रुपमा लिन आग्रह गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

 त्यस्तै, प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरि बजेट आएको उल्लेख गर्दै सदनमा बजेटको छलफलमा सक्रिय रुपमा सहभागीता जनाउन निर्देशन दिएको पाण्डेले बताए। बैठकमा १२ जना सांसदहरूले बजेटका विषयमा धारणा राखेको र अर्थमन्त्री वर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस