काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच बिहान नौ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
यसअघि बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सांसद मेटमणि चौधरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको थियो।
उक्त भेटवार्तामा जसपाका सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकार जोगाउने, सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने र गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत पुर्याउनेलगायतका विषयमा छलफल भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा सहभागी एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि नछाड्ने भन्नेमा मतभेद छ । खासगरी सरकार सञ्चालनका विषयमा प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगर्ने गरेको गुनासो अध्यक्ष नेपालले गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्दा सरकारले ध्यान पुर्याउन सकेन : झलनाथ खनाल
चिनियाँ उपप्रधानमन्त्री र झलनाथ खनालबिच छलफल
पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान
समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् : नेता खनाल
वैचारिक र सैद्धान्तिक रूपमा सहमत भए माओवादीसँग एकता हुनसक्छ : नेता खनाल
एमालेले दलाल पुँजीवादसँग अँगालो मार्यो: झलनाथ खनाल