नेदरल्यान्डद्वारा श्रीलङ्का पराजित

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १२ : ४१
नेदरल्यान्डद्वारा श्रीलङ्का पराजित

काठमाडौँ । आइसिसी टी-२० विश्वकप अघिको वार्मअप खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेको छ।

मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो।

नेदरल्यान्ड्सले दिएको १८२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो। नेदरल्यान्ड्स नेपालसँगै एकै समूहमा रहेको छ। नेपालले ४ जुन अर्थात् जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको शुआत गर्नेछ भने ८ जुनमा श्रीलङ्कासँग खेल्नेछ।