पोखरा । पुम्दीभुम्दीको कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् । बिस्कुट किन्न पसल हिँडेकी १० वर्षीया सुनार मंगलबार बिहान मृत अवस्थामा भेटिइन् ।
निधारभरि चौटैचोट । घाँटीमा नीलडाम । धारिलो र चुच्चो वस्तुको प्रहारले क्षतिविक्षत शरीर । छेवैमा रगत लतपतिएका तीनवटा ढुंगा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको उल्लेख गरेको छ । मृत्युको कारण टाउकोमा लागेको चोट भएको रिपोर्टमा छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० असोज २०७५, ०७ : ३२
लेखकबाट थप