शपथ बहिष्कार गरेका शाह मन्त्री बन्दै

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १४ : ५१
शपथ बहिष्कार गरेका शाह मन्त्री बन्दै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यसअघि शपथ बहिष्कार गरेका नेकपा एमाले सांसद विनोदकुमार शाहलाई मन्त्री बनाउने भएका छन् ।कँडेलले शाहलाई पुनः भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्न लागेका हुन् । शाहको शपथ बुधबार दिउँसो साढे ३ बजे राखिएको छ ।

शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।प्रदेशमा कँडेल र शाहबिच गुटको राजनीति छ । शाह शपथ बहिष्कार गरेर केन्द्रका नेतासँग छलफल गर्न काठमाडौँ गएका थिए ।

तर, पार्टी केन्द्रले कुनै निर्देशन नदिएपछि मुख्यमन्त्री कँडेलले शाहको नाम मन्त्रीको लिस्टबाट हटाएर उक्त मन्त्रालय आफैसँग राखेका थिए । 

एमाले स्रोतका अनुसार कँडेलले पुनः शाहलाई बुधबार मन्त्री बनाउन लागेका छन् । कँडेलले शाहलाई सरकारमा नलिए असहयोग हुने देखिएपछि मन्त्री बनाएको स्रोतको दाबी छ । शाहले पनि आफू मन्त्री बन्न लागेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस