कान्तिपुरका अध्यक्ष शिरोहियालाई पूर्वाग्रह राखेर पक्राउ पुर्जी जारी गरियोः कांग्रेस

सफल खबर संवाददाता

मंगलबार, ०८ जेठ २०८१, १३ : ३३
कान्तिपुरका अध्यक्ष शिरोहियालाई पूर्वाग्रह राखेर पक्राउ पुर्जी जारी गरियोः कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियालाई पूर्वाग्रह राखेर पक्राउ पुर्जी जारी गरिएको आरोप लगाएको छ ।

 मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले कसैप्रति पूर्वाग्रह राखिए कांग्रेसले नसहने बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार शिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।‘कान्तिपुरका अध्यक्ष शिरोहियालाई पक्राउ पुर्जी जारी गरिएको सुन्नमा आएको छ ।

कानूनी कारबाहीको दायरमा प्रत्येक नागरिकलाई ल्याउनुपर्छ तर, आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन कसैमाथि नसहने दोहोर्‍याउन चाहन्छु ।कान्तिपुरले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे लगातार समाचार लेख्दै आएको छ। 

 

प्रतिक्रिया दिनुहोस