काठमाडौं। अहिले विश्वव्यापी बजारमा दिग्गज कम्पनी बनेर उदाएको चिनियाँ विद्युतीय सवारी साधन बीवाईडी (विल्ड योर ड्रिम्स)ले आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गर्न उल्लेखनीय प्रगति गरेको छ ।
आक्रामक बजार रणनीति र नवीनतम प्रविधिका लागि चिनिएको बीवाईडीले आफ्नो क्षमताको फाइदा उठाउँदै विश्वभर बलियो उपस्थितिलाई देखाएको हो ।हामीले यहाँ बीवाईडीका थप विस्तार प्रयास, नयाँ मालवाहक सवारी, युरोपमा बीवाईडीको उपस्थिति र दक्षिण एसियामा यसको प्रभावबारे छोटो विश्लेषण गर्नेछौं ।
विश्वव्यापी विस्तार र बजार प्रवेश
बीवाईडीको विश्वव्यापी विस्तार निकै सशक्त देखिन्छ । विभिन्न अन्तर्राष्ट्रिय बजारमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भनिएको बीवाईडीले सन् २०२३ मा टेस्लालाई उछिनेर विश्वको अग्रणी विद्युतीय सवारी निर्माता बनेको छ, जसलाई जुन यसको बढ्दो प्रभाव र उत्पादन क्षमताको प्रमाण मान्न सकिन्छ ।
बीवाईडीले ३० लाख विद्युतीय गाडी उत्पादन गरेको छ र तीमध्ये साढे २ लाख गाडी चीनबाट निर्यात गरेको छ । यसले जापान, थाइल्याण्ड, मेक्सिको, ब्राजिल, अष्ट्रेलिया, र भारत जस्ता प्रमुख बजारहरूमा सशक्त प्रदर्शन गरिरहेको छ ।
नयाँ कार्गो फ्लीट
बीवाईडीले तीव्र बढिरहेको अन्तर्राष्ट्रिय व्यापारलाई थप वृद्धि गर्न गाडी परिवहनका लागि कार्गो जहाज पनि निर्माण गरेको छ ।
विद्युतीय गाडी ओसार्न प्रयोग गरिएको पहिलो जहाज बीवाईडी एक्सप्लोरर १ सन् २०२४ को शुरूमा जर्मनीको ब्रेमरहेवन पुगेको थियो ।
यो जहाज निर्माण गरिएको आठ वटा जहाजमध्येको एउटा हो, जसको उद्देश्य यातायात लागत घटाउने र निर्यात क्षमता बढाउने हो ।
यो जहाज करिब २०० मिटर लामो छ भने यसले ७ हजार गाडीहरू बोक्न सक्छ । यो लिक्वीफाइड नेचुरल ग्यासले चल्ने भएकाले कार्बन उत्सर्जन उल्लेखित मात्रामा कम हुने मानिएको छ ।
कार्बन उत्सर्जन कम गर्ने बीवाईडीको उद्देश्य लक्षित यो जहाजको निर्माण र सञ्चालनले विश्वव्यापी बजारलाई थप प्रवर्द्धन गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।
युरोपमा बीवाईडीको रणनीतिक विस्तार
युरोपमा आफ्नो बजार विस्तार गरेलगत्तै आगामी तीन वर्षमा बीवाईडीले हंगेरीमा सुविधासम्पन्न प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ । उक्त कारखानाले बीवाईडीको उत्पादन क्षमतालाई बढाउने मात्र छैन, चिनियाँ विद्युतीय सवारीप्रति युरोपेली युनियनको चिन्तालाई पनि सम्बोधन गर्नेछ ।
स्थानीय उत्पादन बढाएर, बीवाईडीले जर्मनी, इटाली, फ्रान्स, र स्पेन जस्ता देशहरूमा आफ्नो बजार स्थिति मजबुत बनाउन उद्देश्य राखेको छ ।
दक्षिण एसियामा यसको प्रदर्शन र लगानी
दक्षिण एसिया बीवाईडीका लागि महत्त्वपूर्ण र ठूलो बजार हो, त्यसैले यस क्षेत्रमा पनि बीवाईडीले भारि लगानी गरिरहेको छ ।
बीवाईडीका अनुसार कम्पनीले भियतनाममा २ सय ५० मिलियन डलर भन्दा बढी लगानी गर्ने योजना बनाएको । यो रकम उसले आफ्नो गाडीको पार्टपुर्जा बनाउने कारखाना निर्माण गर्न लगानी गरेको कम्पनीको दाबी छ ।
यसका साथै, फिलिपिन्स, भियतनाम, र इन्डोनेसियाले बीवाईडीलाई आफ्नो सिमानाभित्र गाडी एसेम्बली प्लान्ट स्थापना गर्न दिने नीति लिएका छन् ।
तेलको बढ्दो मूल्य र दक्षिण एसियाली क्षेत्रमा बढिरहेको वातावरणीय प्रदुषणलाई ध्यानमा राखेर यी देशहरूले बीवाईडीलाई एसेम्बली प्लान्ट खोल्न दिने नीति लिएको दाबी कम्पनीले गरेको छ ।
भारतमा बीवाईडीले पहिले नै 'एटटो ३' जस्ता मोडेलको व्यापार गरिरहेको छ । भारतको व्यापक बजार अंशलाई समेट्न बीवाईडीले थप किफायती विकल्पहरू प्रस्तुत गरिरहेको छ ।
दक्षिण एसियामा बीवाईडीको आक्रामक रणनीतिलाई कतिपय देशको सरकारी नीतिले समर्थन गरेको छ भने ग्राहकका रूपमा मध्यम वर्गले यी सवारी साधनमा विशेष रुची राख्ने गरेको कम्पनीले जनाएको छ ।
आगामी रणनीतिक पहल
बीवाईडीका विस्तार प्रयासहरू निर्माण र निर्यातमा मात्र सीमित छैनन् । कम्पनीले विभिन्न बजार अंशलाई आफ्नो पक्षमा पार्न उत्पादन लाइनअपलाई पनि विस्तार गर्दैछ । युरोपमा बीवाईडीले साना विद्युतीय सवारी 'एसयूभी एटटो ३ 'जस्ता मोडेलको प्रवर्द्धन गरिरहेको छ ।
यसैबीच लक्जरी खण्डमा, बीवाईडी ले 'याङवाङ यु ८' जस्ता गाडीहरू लन्च गरेको छ । जसमा 'ट्यांक टर्न्स' र 'फ्लोट मोड' जस्ता सुविधाहरू प्रदान गर्छ । बीवाईडीले चीनमा परम्परागत पेट्रोलबाट चल्ने गाडीलाई चुनौती दिन आक्रामक 'मूल्य रणनीति' अपनाएको छ ।
डल्फिन र क्विन प्लसको अनर मोडल जस्ता विद्युतीय सवारी साधनले परम्परागत पेट्रोलबाट चल्ने साधनहरूलाई आक्रामक ढंगले विस्तार गरिरहेको छ ।
वातावरणीय प्रतिबद्धता र प्राविधिक नवप्रवर्तन
वातावरणीय स्थिरतामाथिको बीवाईडीको प्रतिबद्धता यसका उत्पादित मोडलहरूमा स्पष्ट देख्न सकिन्छ ।
नयाँ नयाँ प्रविधिमा कम्पनीले देखाएको समर्पणले उत्पादनमा विविधीकरण देखिएको छ । कम्पनीले सार्वजनिक सवारी साधन र अन्य प्रकारका साधनको उत्पादन पनि तीव्र पारिरहेको जनाएको छ ।
बीवाईडीको विश्वव्यापी विस्तार रणनीति, युरोपेमा आक्रामक बजार विस्तार र कारखाना निर्माण र दक्षिण एसियामा कम्पनीले गरेको लगानीले यसलाई विश्वव्यापी विद्युतीय सवारी साधनको बजारमा अग्रणी बन्ने महत्त्वाकांक्षालाई झल्काउँछ ।
आक्रामक बजार प्रवेश र नवप्रवर्तनको अभ्याससँगै बीवाईडी तीव्र गतिमा यस उद्योगमा आफ्नो नेतृत्व कायम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १३ : ०१
लेखकबाट थप