काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज गरेको निर्णय त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले काँग्रेसले सदन चलाउन सहयोग नगरेको आरोप लगाए ।
उनले भने, ‘संसदीय समिति बनाउने कुरामा सत्तापक्ष तयार भयो । त्यसपछि काँग्रेसले सहज ढंगले सदन खुलाउन सहयोग गर्नुपर्छ कि पर्दैन ? सरकारले विश्वासको मत लिने संवैधानिक बाध्यता छ त्यो राख्न पनि नपाउने ?
उनले काँग्रेसले एकपछि अर्को माग थप्दै संसदीय गतिविधिमा बाधा पुर्याएको बताए । काँग्रेस गैरसंसदीय र अलोकतान्त्रिक ढंगबाट प्रस्तुत भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १५ : ०२
लेखकबाट थप