तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको छ ।
गृहमन्त्रलायले यस्ता प्रहरी अधिकारीको पेन्सन कट्टा गेर्न तयारी थालेको छ । कानुनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृतको पेन्सन कट्टा गर्ने तयारी गरेको गृहका सहप्रवक्ता एकदेव अधिकारीले जानकारी दिए । कामदारका रुपमा रहेका सुरक्षाकर्मीले बुझ्दै आउको तलब सुविधाबराबर पेन्सन कट्टा हुने बताए ।
त्यस्तै गृहका अनुसार दुवै प्रहरी संगठनमा पाँचसय भन्दा धेरै सुरक्षाकर्मी घरेलु कामदारका रुपमा रहेका छन् । विगतमा बनेको सुरक्षा कार्यविधिअनुसार भूतपूर्व प्रहरी महानिरीक्षकले एक फलोअर्स, एक चालक र एक अंगरक्षक गरी तिन सुरक्षाकर्मी पाउँछन् ।
त्यस्तै अतिरिक्त महानिरीक्षकले एक जना सुरक्षाकर्मी मात्रै राख्न पाउँछन् । तर, पछिल्लो समय पूर्वडिआईजी र एसएसपीले पनि प्रहरीलाई घरेलु कामदार बनाएका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ असोज २०७५, ०८ : १८
लेखकबाट थप