काठमाडौं। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको समयमा सूचना टाँसेर स्थगित भएको हो ।
सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ । बिहीवार संसदमा सत्ता र प्रतिपक्षबीच हात हालाहालको स्थिति भएको थियो ।
संसद बैठकअघि सभामुख देवराज घिमिरेले सचेतकहरूसँग छलफल गरेका छन् । नेपाली कांग्रेसले विपक्षी दलका नेतासँग छलफल गरेको छ । कांग्रेसले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने अडान राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक सर्यो
प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित
प्रतिनिधि सभा बैठक सुरु
सरकारले संसद छलेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नुहुन्छ : सांसद गौतम
प्रतिनिधि सभा बैठक स्थगित
संख्याको दम्भ नदेखाउन सरकारलाई रास्वपाको चेतावनी