काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । यसअघि नै तय भइसकेको युरोप भ्रमण भूकम्पका कारण स्थगित भएको थियो ।
गत कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण तय भएको थियो । मन्त्रिपरिषद्को बैठकले ती भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका कारण स्थगित भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको तयारी चलिरहे पनि समय भने तय भइसकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेको बताए ।
उनले भने, ‘जुनको दोस्रो हप्तातिर हो जस्तो लाग्छ, मितिको बारेमा औपचारिक जानकारी आउन बाँकी छ ।’ आइएलओको वार्षिक उत्सवमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि त्यहाँका राष्ट्रपतिलगायत अन्यसँग उच्चस्तरीय भेटघाट रहेको छ ।
स्विटरल्याण्डबाट उनी जर्मनी पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जर्मनीमा त्यहाँका राष्ट्रपतिसँग भेटघाटको कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति पौडेल
लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला : राष्ट्रपति
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन 'फास्ट ट्रयाक'को निरीक्षण
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होः राष्ट्रपति
मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल