संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, ०३ जेठ २०८१, १४ : १५
संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौँ  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन काँग्रेसलाई आग्रह गरेका छन् । त्यसपछि समिति बनाउने उनको आश्वासन छ ।

सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज पनि ४ बजे संसद् बैठक छ ।

तर समिति गठन नभएसम्म बैठक चल्न नदिने काँग्रेसको अडानमा छ । प्रधानमन्त्री प्रचण्डले समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन काँग्रेसलाई आग्रह गरेका छन् ।

काँग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौँ, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ ।’ सत्तारुढ प्रमुख घटक नेकपा एमाले भने अहिलेसम्म समिति गठनको विपक्षमा देखिएकाले के गर्ने भन्ने छलफलमा काँग्रेस छ ।

प्रतिक्रिया दिनुहोस