तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाउने प्राधिकरणको निर्णय

सफल खबर संवाददाता

विहीबार, ०३ जेठ २०८१, ०८ : ०९
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाउने प्राधिकरणको निर्णय

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ । 

प्राधिकरणका अनुसार पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानबाट पोलहरु हटाउने निर्णय गरेको हो ।  

आज एक सूचना जारी गर्दै प्राधिकरणले उक्त स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस