काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।
शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन 'फास्ट ट्रयाक'को निरीक्षण
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होः राष्ट्रपति
मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल
राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल