काठमाडौं। सरकारले रक्सौल-काठमाडौँ रेलमार्गको लगानी विधि सुनिश्चित गरी निर्माण कार्य थाल्ने भएको छ ।मंगलवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त रेलमार्गको लगानी विधि सुनिस्चित गरिने बताइएको हो ।
'रक्सौल काठमाडौँ रेलमार्गको लगानी विधि निर्क्योल गरी कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ,' राष्ट्रपति पौडेलले भने ।त्यस्तै जयनगर-बर्दिबास रेलमार्गको बिजलपुरा-बर्दिबास खण्डको निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
राष्ट्रपति पौडेलले पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिबास-चोचा खण्डको निर्माण सम्पन्न गरिने पनि बताए ।'केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन कार्य शीघ्र सम्पन्न गरिनेछ,' राष्ट्रपति पौडेलले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन 'फास्ट ट्रयाक'को निरीक्षण
सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होः राष्ट्रपति
मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल
राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल