काठमाडौं। सरकारले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रमा सुधार आएको जनाएको छ ।सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्र सुधारतिर गएको बताएका हुन् ।
‘अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रमा सुधार आएको छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको छ । लगानीका लागि वातावरण सुधार भएको छ,’ पौडेलले भने, ‘वित्तीय संस्थामा लगानीका लागि पर्याप्त रकम रहेको छ । विदेशी रकमको सञ्चिति बढेको छ ।’
बिजुलीको पहुँच बढेको, विकास र पूर्वाधारको काम पनि वृद्धि भएको राष्ट्रपतिले बताए ।सरकारले मौद्रिक नीति समन्वयको कारण पनि अर्थतन्त्र सुधारतिर गएको दाबी गरेको छ ।धान र कृषिजन्य उत्पादन पनि बढेको दाबी सरकारको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त
स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधित: राष्ट्रपति पौडेल
संसदको हिउँदे अधिवेशन राष्ट्रपतिले गरे अन्त्य
दिगो शान्ति र सुशासनका लागि सरकारको तदारुकता आवश्यक छ : राष्ट्रपति पौडेल