लमही। दाङमा प्रधानाध्यापकलाई वडा सदस्यले कुटपिट गरेका छन् । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका हुन् । उनको आँखा, टाउको र हातमा चोट लागेको छ ।
प्रधानाध्यापक खत्रीले भने, ‘विद्यालयको विषयमा छलफल भइरहेको थियोे । वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गर्नुभयो र स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क पठाएको भनेर प्रश्न गर्नुभयो । विद्यार्थीबाट शुल्क नउठाए विद्यालय कसरी सन्चालन गर्ने भन्नेबित्तिकै ममाथि कुटपिट भयो ।’ उनले सदरमुकाम घोराही गएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको बताए ।
वडा सदस्य बस्नेतले पनि प्रधानाध्यापकमाथि कुटपिट गरेको स्वीकार गरेका छन् । प्रधानाध्याक खत्रीले मुख छोडेपछि हात छोड्न बाध्य भएको बताए । ‘गाउँपालिकाले निःशुल्क शिक्षा लागु गरेको छ तर उहाँले विद्यार्थीसँग किन शुल्क उठाउने ? मेरो प्रश्न यहाँनिर हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवल उपमहानगरभित्रका प्रधानाध्यापकको अब ३/३ वर्षमा सरुवा