विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ३१ बैशाख २०८१, ११ : २७
विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेषज्ञता नभएका व्यक्तिहरू मन्त्री हुने गरेको बताएका छन् ।

चितवनको नारायणी नदीमा बन्न लागेको अत्याधुनिक प्रविधिको (सिग्नेचर ब्रिज) पुलको सोमबार शिलान्यास गर्दै उनले विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुने बताएका हुन् । 

‘नेपालमा मेसो न मेलोका मन्त्री हुन्छन् । मन्त्री बनाउने विशेष ज्ञान केही नचाइने । विशेषज्ञता सहितको मन्त्री भएमा काम गर्न सजिलो हुन्छ’, सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको प्रशंसा गर्दै उनले भने । 

सिग्नेचर पुलको परिकल्पनाकार सेठ नै भएको भन्दै उनले मन्त्री आफै इन्जिनियर भएकाले काम गर्न सजिलो हुने बताए ।  प्रधानमन्त्री प्रचण्डले सिग्नेचर ब्रिज निर्माणले आगामी दुई सय वर्षसम्म सवारी चाप कम हुने लक्ष्य राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस