काठमाडौं। पशुपति सेरामिक्स प्रालिले एटीएस टाइलको परीक्षण बिक्री-वितरण शुरू गरेको छ ।सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माणलगायत सम्पूर्ण पूर्वतयारी पूरा भएपछि परीक्षणका रुपमा बिक्री-वितरण शुरू गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा पहिलो बहुराष्ट्रिय टाइल कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापित यस कम्पनीले भुइँ, पार्किङ, सेमी–भिट्रिफाइड टाइल बजारमा ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।कम्पनीले शुरूवाती चरणमा भुईँको लागि ४००x४०० मिमिको पार्किङ टाइल र ६००x६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो ।
आगामी दिनमा क्रमशः ३००x४५० को वाल टाइल र ६००x १२०० को जीभीटी र पीजीभीटी टाइल उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले यि सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६०००० वर्ग मिटर क्षेत्रफलमा इटालियन प्रविधिमा आधारित कारखानाको स्थापना गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १३ : १२
लेखकबाट थप