ब्राजिलमा बाढीले ११६ जनाको मृत्यु, १४० व्यक्ति बेपत्ता

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, ०७ : ०८
ब्राजिलमा बाढीले ११६ जनाको मृत्यु, १४० व्यक्ति बेपत्ता

एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ११६ जनाको ज्यान गएको छ भने १४० जना बेपत्ता भएका छन्। 

बीबीसीका अनुसार बाढीका कारण दक्षिणी क्षेत्रका धेरै सहरका झन्डै चार लाख मानिस प्रभावित भएका छन्।

बाढी प्रभावित क्षेत्रका झन्डै ७० हजार मानिस अस्थायी टहरामा बस्न बाध्य छन्। 

पछिल्लो एक सातादेखि खाना, पानीजस्ता अत्यावश्यक कुराका लागि समेत संघर्ष गर्नुपरेको बाढी प्रभावितले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस