बागलुङ । बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।
सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो । ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
बाढीले सिँचाइ प्रणालीमा दुई करोडको क्षति
बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति